इन्जिनियर समुदायलाई संगठित गर्दै राष्ट्रिय विकासको अभियानमा थप बल पुर्याउने उद्देश्यका साथ सिडेनको सदस्यता दर्ता प्रणाली पुनः सुचारु गरिएको छ।
सिडेन केन्द्रीय कार्यकारिणी समितिको मिति २०८२ साल पौष ६ गते बसेको बैठकको निर्णयअनुसार, निर्वाचन प्रयोजनका लागि अस्थायी रूपमा निष्क्रिय गरिएको सदस्यता दर्ता प्रणाली २०८२ साल पौष ०७ गते बेलुका १२ः०० बजेदेखि औपचारिक रूपमा सञ्चालनमा आइसकेको जानकारी गराइन्छ।
प्रणाली सुचारु भएसँगै इच्छुक इन्जिनियरहरूले अब अनलाइनमार्फत सजिलै सदस्यता दर्ता गर्न सक्नुहुनेछ।