२०८२ साल पौष ०४ गते सिडेन तथा नेपाल इन्जिनियरिङ एसोसिएसन (NEA)का केन्द्रीय पदाधिकारीहरूबीच सिडेनको आयोजनामा समन्वयात्मक छलफल कार्यक्रम सम्पन्न भयो।

छलफलमा नेइएको प्रगति समिक्षा, सिडेनको तर्फबाट गरिनुपर्ने सहयोग तथा समन्वय, भावी कार्यक्रमहरू लगायतका महत्वपूर्ण विषयहरूमा गहन विमर्श गरियो।

नेइएका पदाधिकारीहरूले हालसम्म सिडेनको तर्फबाट प्राप्त सहयोगप्रति गौरव व्यक्त गर्दै निर्वाचनपुर्व सिडेनद्वारा प्रदान गरिएको घोषणापत्र इन्जिनियरिङ समुदायले अपेक्षा गरेको समयानुकूल सुधारसँग पूर्ण रूपमा तादात्म्य रहेको धारणा व्यक्त गर्नुभयो। सोही घोषणापत्रका आधारमा देशभरि व्यापक समर्थन प्राप्त भएको र अधिकांश लक्ष्यतर्फ उल्लेखनीय प्रगति भइरहेको जानकारी गराइयो।

यस अवसरमा सिडेनका तर्फबाट घोषणापत्रमा उल्लेख गरिएर पनि बाँकी रहेका गतिविधिहरू तथा परिवर्तित सन्दर्भअनुसारका विषयहरूबारे स्पष्ट विषयबोध गराइयो। साथै, सिडेनको तर्फबाट गरिनुपर्ने सहयोग र समन्वयबारे गम्भीर विमर्श गर्दै आगामी दिनहरूमा भावी कार्यक्रमहरूलाई समन्वयात्मक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो।