राय तथा सुझाव पेश गर्ने सम्बन्धमा!!!

 

यस सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को मिति २०८०-१२-०४ गते बसेको केन्द्रिय कार्यकारिणी समितिको वैठकको निर्णय अनुसार नेपाल सरकारद्वारा सङ्घीय संसदमा पेश भएको  सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०८० मा इन्जिनियरिङ विधा सँग सम्बन्धित विषयमा दफावार छलफल तथा राय सल्लाह संकलनको लागि सङ्घीय निजामती सेवा विधेयक अध्ययन समिति गठन गरिएको जानकारी गराउन चाहान्छौ।

तसर्थ यस विषय सँग सम्बन्धित राय तथा सुझावहरु भए आजको मितिबाट ५ दिन भित्रमा यस संस्थाको केन्द्रिय कार्यालय कुपण्डोल, ललितपुरमा दिनको २.०० बजे देखि ६.०० बजेसम्म लिखित रुपमा अथवा email मार्फत, [email protected] मा पठाईदिनुहुन अनुरोध गर्दछौ।

 

धन्यवाद!

जय नेपाल!