बर्दिया जिल्लाको वढैयाताल गाँउपालिकाको कार्यालय अन्तरगत कार्यरत पूर्वाधार शाखा प्रमुख

ई, केशव पौडेलमाथि सोहि पालिकाका जिम्मेवार पदाधिकारी, कर्मचारी तथा निर्माण

व्यवसायीहरुबाट भएको दुर्व्यवहारपूर्ण 'क्रियाकलापप्रति यस सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स

नेपाल (सिडेन)को गम्भीर ध्यानाकर्षण भएको छ।


जिम्मेवार निकायका जिम्मेवार पदाधिकारीहरुलेनै पटक पटक अवाञ्छित कार्यहरु गर्न लगाउने र

सो नगरेमा कारबाही गर्ने धम्की दिने गरेको पाईएकोले अब उपरान्त यस किसिमका गतिविधिहरु

नगर्न नगराउनुहुन सम्पुर्ण सरोकारवालापक्षलाई अनुरोध गर्न चाहान्छौं। साथ्चै कार्यस्थल र

कार्यालयमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक इन्जिनियरहरूले भयरहित तवरले

कार्यसम्पादन गर्न सक्ने वातावरण बनाउन समेत स्थानीय, प्रादेशिक तथा नेपाल सरकारलाई हार्दिक

आग्रह गर्दछौं ।