सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) को सातौ केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रादेशीक कार्यसमितिको मिति २०८० जेष्ठ १३ गते शनिवारका दिन सम्पन्न निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी सम्पुर्ण सिडेन सदस्य ईन्जिनियर / आकिटेक्ट ज्यूहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

निर्वाचनलाई उत्साहपुर्वक सम्पन्न गराउन महत्वपुर्ण भुमिका निर्वाहा गर्नुहुने छैटौ केन्द्रीय कार्यकारीणि समिति, केन्द्रीय निर्वाचन समिति, सिडेन प्रादेशीक समितिहरु, प्रादेशीक निर्वाचन समितिहरु तथा निर्वाचनमा खटिनु भएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौ ।

निर्वाचनलाई चासो पुर्वक हेर्नुहुने तथा सुभेच्छा प्रकट गर्नुहुने सम्पुर्ण प्रति कृतज्ञ रहँदै लोकतन्त्रवादी ईन्जिनियर ।आर्किटेक्टहरुको साझा संस्थाका रुपमा अझै रचनात्मक र प्रभावकारी कार्यक्रमहरु मार्फत कृयाशील रहिरहने प्रण गर्दछौ ।